​एपीवानको लागि प्रकाश सुब्बाको ‘हाउस पार्टी’

Newslaya Home

​एपीवानको लागि प्रकाश सुब्बाको ‘हाउस पार्टी’

मङ्गलबार ०६, भदौ २०७४

इटहरी । टेलिसिरियल हाउस पार्टीको सुभ मुहुर्त गरिएको छ । दृश्य दर्शन प्रोडक्सनले उत्पादन गर्न लागेको टेलिसिरियल हाउस पार्टीको शुभ मुहुर्त गरिएको हो । 
टेलिसिरियलको लेखन तथा निर्देशन कलाकार प्रकाश सुब्बाले गरेका छन् भने सहायक निर्देशन सरोज केसीले गरेका छन् । सामाजिक विषयवस्तुलाई आधार बनाएर युवालाई लक्षित गरि हाँस्य प्रधान टेलिसिरियल निर्माण गर्न लागिएको निर्देशक सुब्बाले जानकारी दिए । निर्देशक सुब्बाले यसअघि कान्तिपुर टेलिभिजन मार्फत इर्किनी मिर्किनी नामक टेलिसिरियल प्रसारण गरिसकेका छन् । 
टेलिसिरियलको मुख्य भुमिकामा तीर्थ याक्सो, मात्रिका आचार्य, मदन लिम्बु, र सागर विष्ट रहेका छन् भने अन्य एक दर्जन कलाकारको अभिनय रहने छ । देवेन्द्र चौधरीले छायांकन गर्ने टेलिसिरियल हाउस पार्टी एपि वान टेलिभिजनबाट प्रसारण गरिने भएको छ ।