​चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक

Newslaya Home

​चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक

मङ्गलबार ०६, भदौ २०७४

काठमाडौं । चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।  
चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट राम्रो प्रतिक्रिया पाएका पल शाह युवापुस्तामाझ लोकप्रिय छन् । पल र आँचलका साथमा यो फिल्ममा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाल गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
कथा र संवाद महेश दवाडीले लेखेको चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन् । चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका हुन् भने रुपेश थापा र रामशरण उप्रेतीले फिल्मलाई छायांकन गरेका हुन् । चलचित्र यही भदौ ३० गतेबाट प्रदर्शन हुँदैछ ।