​प्रजिता भइन् २०१७ को मिस टिन पूर्वाञ्चल

Newslaya Home

​प्रजिता भइन् २०१७ को मिस टिन पूर्वाञ्चल

आइतबार ०४, भदौ २०७४

धुलाबारी । झापा बिर्तामोडकी प्रजिता पाठक मिस टिन पूर्वाञ्चल २०१७ को विजेता भएकी छिन् । बिर्ता मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालि र धुलाबारी जेसीजले आयोजना गरेको मिस टिन पूर्वाञ्चलको शनिबार धुलाबारीमा सम्पन्न फिनालेमा पाठक विजेता भएकी हुन् । 
२६ जना प्रतिस्पर्धीलाई उछिन्दै पाठक विजेता बन्न सफल भइन् । त्यस्तै, फस्ट र सेकेन्ड रनरअपको विजेता क्रमशः झापा बिर्तामोडकै पूजा प्रधान र बिर्तामोडकै नविना विश्वकर्माले जितेका छन् ।
विजेताहरुलाई नेपाल तथा भारतका विभिन्न कलेजमा अध्ययनका लागि छात्रवृत्रि लगायत विभिन्न अवसरहरु प्रदान गरिएको आयोजक संस्था बिर्ता मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष एलसी श्रेष्ठले जानकारी दिए ।