​पहिलेकी मनिषा, अहिलेकी मनिषा (फोटो फिचरसहित)

Newslaya Home

​पहिलेकी मनिषा, अहिलेकी मनिषा (फोटो फिचरसहित)

आइतबार ०४, भदौ २०७४

धरान । बलिउडकी चर्चित नायिका मनिषा कोइराला यतिखेर नेपालमा धेरै देखिन्छिन् । क्यान्सरको उपचार पछि उनी अहिले स्वास्थ्य क्षेत्रकी दूत झै भएकी छिन् । उनी स्वास्थ्य चेतना जगाउँदै विभिन्न ठाउँमा देखिने गरेकी छिन् । सोही क्रममा उनी केही साताअघि सुनसरीको धरानमा आयोजित एउटा कार्यक्रममा सहभागि भइन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युएनएपपिए)को सद्भावना दुत बनेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा आएकी थिइन् उनी । त्यहाँ आयोजित फिस्टुला सम्बन्धि समस्याको कार्यक्रममा उनी सहभागि भइन् भने प्रतिष्ठानमा उपचाररत महिलाहरुसँग पनि कुराकानी गरिन् ।
उनी धरान आउँदै गर्दा र कार्यक्रममा सहभागि हुँदै गर्दा धेरै दर्शकहरुले उनको त्यो उमेरको मोहनी हाँसो र रुपलाई सम्झे । अहिले पनि फिट देखिने मनिषाको अनुहारमा त्यो सौन्दर्य छैन, जुन केही वर्षअघिसम्म देखिन्थ्यो । 
समय अनि रोगले उनको अनुहारको सौन्दर्य खोसेपनि उनीभित्र भने मानवता र सहयोगको गज्जबको सौन्दर्य विकास भएको छ । उनी आफ्नो समय चेतनामुलक काममा खर्चिरहेकी छिन् । आफूले क्यान्सरलाई कसरी जित्न सफल भएँ भनेर विभिन्न ठाउँमा उत्प्रेरणात्मक प्रवचनसमेत दिने गरेकी छिन् ।
अहिलेकी मनिषाका तस्वीरहरुलाई हामीले प्रस्तुत गरेका छौं :












फोटोहरु :विकास राई, धरान