गृहणी नृत्य प्रतियोगितामा श्रेष्ठ विजयी (फोटो फिचरसहित)

Newslaya Home

गृहणी नृत्य प्रतियोगितामा श्रेष्ठ विजयी (फोटो फिचरसहित)

शनिबार ०३, भदौ २०७४

इटहरी । नागी डान्स सेन्टर इटहरीले गरेको गृहणी एकल तीज नृत्य प्रतियोगिताको उपाधि सृजना राई श्रेष्ठले जितेकी छिन् ।
सेन्टरले गरेको दोस्रो गृहणी नृत्य प्रतियोगितामा अनुजा अधिकारी दोस्रो, सृष्टि लिम्बू तेस्रो र गंगा राई चौथो भएका थिए । टुबोर्गले प्रायोजन गरेको प्रतियोगिता महिलाको ठूलो चाड तीजको अवसरमा गरिएको थियो । 
प्रतियोगितामा ११ जना गृहणीहरुको सहभागिता रहेको थियो । इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको निर्णायकमा नागी डान्स सेन्टरकी संरक्षक तथा नृत्य निर्देशक पनिता तामाङ याख्खा थिइन् । 
कार्यक्रमको अवसरमा धरान एम्स एकेडेमीका निर्देशक तथा ‘आयो बरी लै ... ’ बोलको तीज गीतका रचनाकार तथा संगीतकार मिलन राईलाई सम्मानसमेत गरिएको थियो ।