बाढी पीडितलाई सहयोग जुटाउँदै कलाकार गुरुङ

Newslaya Home

बाढी पीडितलाई सहयोग जुटाउँदै कलाकार गुरुङ

बिहीबार ०१, भदौ २०७४

इटहरी । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाइरहेका बालिकाहरुलाई अध्ययनमा सहयोग गरेका समाजसेवी कलाकार नवीन गुरुङ (गुरुङ सोल्टी)ले बाढी पीडितहरुको लागि समेत सहयोग जुटाएका छन् । 
उनले इटहरीका बाढी पीडितको लागि शिष्टाचार अभियान नेपालका अभियन्ता सुमन दाहालमार्फत् सहयोग जुटाएका हुन् । दाहालले बाढीमा परी परिवारका सदस्य मृत्यु भएका सात परिवारको लागि जनही १० हजार रुपैया गुरुङलाई पठाएका छन् । इटहरी २० का वडा अध्यक्ष मणीराम श्रेष्ठमार्फत् उक्त रकम मृतकको परिवारलाई दिइने गुरुङले जानकारी दिए ।
यस्तै उनले बाढी प्रभावित क्षेत्रमा महामारी फैलिनसक्ने सम्भावनालाई न्यूनिकरण गर्न चेतनामुलक माइकिङ गर्ने समेत जनाएका छन् । उनले सम्पूर्ण कलाकारहरुलाई बाढी पीडितहरुको सहयोगका लागि जुट्न समेत आह्वान गरेका छन् ।