​‘ए मेरो हजुर २’को ‘मरिलानु छ के र’ गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

​‘ए मेरो हजुर २’को ‘मरिलानु छ के र’ गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार ०१, भदौ २०७४

चलचित्र ‘ए मेरो हजुर २’मा समावेश ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्रको तेश्रो गीत रिलिजको आधा महिना अगाडि काठमाण्डौमा एक कार्यक्रमको बीचमा रिलिज गरिएको हो ।
चलचित्र भदौ १६ गतेबाट रिलिज हुन भनिएको छ । चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने निर्माण सुनिलकुमार थापाले गरेका हुन् । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा राजेशपायल राइ र इन्दिरा जोशीको आवाज रहेको छ । चलचित्रमा कोरियोग्राफी कविराज गहतराज र रेनशा वान्तवा राइले गरेका हुन् भने संजय लामाले छायांकन गरेका हुन् । 
यसअघि सार्वजनिक भएका २ गीतले चर्चा पाइरहेको समयमा तेश्रो गीतलाई पनि दर्शकले रुचाउने  विश्वास गरिएको छ ।