​‘धूम-२’ को कमाइ बाढी पीडितलाई सहयोग गर्नेे जयको घोषणा

Newslaya Home

​‘धूम-२’ को कमाइ बाढी पीडितलाई सहयोग गर्नेे जयको घोषणा

बिहीबार ०१, भदौ २०७४

इटहरी । चलिचित्र ‘धूम २’ निर्देशन गरेका जयकिसन बस्नेतले सो चलचित्रबाट जम्मा हुने रकम बाढी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । भाद्र ८ गतेदेखि देशभरका हलहरुमा प्रदर्शन हुने चलचित्र ‘धूम–२’ बाट जम्मा हुने रकमको २५ प्रतिशत बाढी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । 
निर्माता, कलाकार समेत रहेका बस्नेतले पूर्वीतराइमा केही दिन अघि आएको बाढीका कारण पीडित भएकाहरुलाई सहयोग गर्नेभएका हुन् । चलचित्रले लगानी उठाइसके पश्चातको फाइदा हुने रकम बाढी पीडिटलाई हस्तान्तरण गर्ने जनाएका छन् । चलचित्र चलाउनका निम्ती नभइ नेपालीको पीडामा मलम लगाउने अभिप्रायले यस्तो घोषणा गरेको बस्नेतले बताए । 
यसका साथै बस्नेतले सबै नेपाली भएको नाताले एकजुट भइ सहयोगको हात अघि बढाउन समेत आग्रह गरेकाछन् ।
ट्रेन्डी फिल्मस् प्रा.लि, जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुतीमा निर्माण भएको धूम २ देशभरका हलहरुमा भाद्र ८ गते बाट प्रदर्शन हुँदैछ । चलचित्रमा बस्नेतका साथै सिर्जना भट्टराई ,शोभित बस्नेत, महिमा सिलवाल, रोहित रुम्बा, संजोग राणा, उत्तम केसीलगायतका कलाकारहरुलाई देख्न सकिन्छ । 
एनबि महर्जनको द्धन्द्ध रहेको चलचित्रमा टंक बुढाथोकीको संगीत रहेको छ । जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको छ । चलचित्रका कार्यकारी निर्माताको रुपमा मदन ताम्राकार रहेका छन् । त्यस्तै सह निर्माताको रुपमा विपन खत्री रहेका छन ।
यस अघिनै जयकिसन बस्नेतले निर्देशन गरेको धुमले निकै चर्चा कमाएको थियो भने ब्यापारिक हिसाबले पनि उत्तिकै सफल रह्यो ।