​मंगलबारदेखि विद्युत सेवा सुचारु हुने

Newslaya Home

​मंगलबारदेखि विद्युत सेवा सुचारु हुने

मङ्गलबार ३१, साउन २०७४

इटहरी । लगातारको वर्षाले जलमग्न भएपछि विद्युत प्राधिकरणको दुहबी ग्रीडको पानीको सतह कम भएसँगै मंगलबार(आज)बाट विद्युत सेवा सुचारु हुन सक्ने भएको छ । पानीले तीन फिटसम्म पानी जमेपछि शुक्रबारबाटै विद्युत सेवा अवरुद्द भइरहेको छ । 
विद्युत प्राधिकरण दुहबी ग्रीडका प्रमुख अफताव आलमका अनुसार पानीको सहत कम भएसँथै मेशिनलाई सुकाउने काम भइरहेको छ । सोमबारदेखि सुकाउने काम भइरहेको र मंगलबारसम्म सुकाउने काम सकिएमा तत्कालै विद्युत सेवा सुचारु गर्न सकिने आलम बताउछन् । 
वर्षा रोकिना साथ सोमबारदेखि नै जेनेरेटर चलाएर मेसिन तथा डिभाइसहरु सुकाउने काम भइरहेको छ । सबै डिभाइस र उपकरणहरु सुक्नासाथ विद्युत सेवा सञ्चालन गर्ने आलमले बताए । 
त्यससँगै लडेका र भत्केका विजुलीका पोललाई उठाउने , चुँडिएको तार जोड्ने काम पनि सोमबारदेखि नै सुरु गरिएको विद्युत प्राधिकारण दुहबी ग्रीडले जनाएको छ ।
बिद्युत सेवा नहुँदा चार दिन देखि पूर्वमा समस्या पर्दै आएको छ । बाढी सँगै अवरुद्ध विद्युत र सञ्चारसेवाको अवरोधले गर्दा बाढी प्रभावित क्षेत्रको समेत तथ्यांक लिन र अन्य काममा कठिनाइ परिरहेको छ ।