​विराटनगर विमानस्थल सुरु हुन अझै पाँच दिन

Newslaya Home

​विराटनगर विमानस्थल सुरु हुन अझै पाँच दिन

सोमबार ३०, साउन २०७४

विराटनगर । विराटनगर विमानस्थल सफा गर्न थालिएको छ । बाढीका कारण विमानस्थलभित्र जमेको हिलो पखाल्ने काम शुरु गरिएको हो । विमानस्थलभित्र चार फिटसम्म पानी जमेको थियो । पानीले बगाएर
 ल्याएको हिलो रन वेमा आधा फिटसम्म जमेको छ । 
दमकलको सहायताले हिलो पखाल्ने काम थालिएको छ । हिलो पखाल्नका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । विमानस्थलको कार्यालयभित्रै पनि हिलो जमेको छ । 
हिलो पखालेर नियमित उडानको लागि पाँच दिन लाग्ने बताइएको छ ।