​सुनसरीमा कोशी र मोरंगमा महेन्द्र राजमार्ग भत्कियो

Newslaya Home

​सुनसरीमा कोशी र मोरंगमा महेन्द्र राजमार्ग भत्कियो

शनिबार २८, साउन २०७४

इटहरी । सुनसरीको इटहरीस्थित पूर्वी पृतना ब्यारेक अगाडीको कोशी राजमार्ग भत्किएको छ । उत्तर–दक्षिण राजमार्गको पश्चिम किनारमा कटान भएको हो । 
ढल रहेको कटानका कारण वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ । अवरोधको छेवैमा रहेको सहायक मार्गबाट घुमेर जान प्रहरी परिचालन गरिएको हो ।
यस्तै महेन्द्र राजमार्गस्थित गछिया खोलाको पुलको उत्तरतर्फ कटान भएपछि सवारी अवरोध उत्पन्न भएको छ । सो मार्ग प्रयोग गर्न मोटरसाइकलबाहेकका ठूला सवारी साधनलाई रोकिएको छ ।