​नगरसँगै डुबे गाउँहरु

Newslaya Home

​नगरसँगै डुबे गाउँहरु

शनिबार २८, साउन २०७४

इनरुवा । अविरल वर्षाका कारण सुनसरीका धेरैजसो भुभाग डुबानमा परेका छन् । 
इटहरी, इनरुवा लगायतका नगरहरुका साथै देवानगंज, गढी र बर्जु गाउँपालिकाको समेत धेरै वार्डहहरु पूर्ण डुवानमा परेको स्थानीयहरुले जनाएका छन । 
विभिन्न ठाउँको डुबानमा तीन हजार पाँच सय स्थानीयहरु बाढीमा फँसेका छन् । उनीहरु उद्धारको प्रतिक्षामा रहेका छन् । स्थानीय अर्जुन मेहताका अनुसार कप्तानगंज, साहेवगंज क्षेत्र पूर्ण रुपमा डुवानमा परेका छन् । 
धेरैले बाढीमा फसेका र जोखिममा परेकाका लागि उद्धार गरिदिन आग्रह गरेका छन् । उनीहरुले उद्धारका लागि प्रहरी, प्रशासन र पत्रकार तथा रेडक्रसलाई आग्रह गरेका छन् । धेरैको घरमा भन्सा नभएको गुनासो र उद्धारको प्रतिक्षामा रहेकाहरु लागि नेपाली सेना केही स्थानमा पठाईएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिएका छन् ।
स्थानीयहरुले जिवन रक्षाका लागि उद्धार गरि दिन अनुरोध गरेका छन् । धेरै बालबालिकाहरु बाढीले बगाउने खतरा रहेको छ । कोशीमा समेत बहाव बढ्दै गएपनि कोशी क्षेत्रका स्थानीयहरु त्रसित छन् ।