मन्त्रिपरिषद् विस्तार ‘प्रचण्ड’ फर्किएपछि मात्रै

Newslaya Home

मन्त्रिपरिषद् विस्तार ‘प्रचण्ड’ फर्किएपछि मात्रै

सोमबार २३, साउन २०७४

काठमाडौं । मन्त्रिपरिषद् विस्तार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेपाल फर्किएपछि मात्रै हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १ गते मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति भएको छ । शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनकास्वकीय सचिव भानु देउवाले बताए ।
प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ हाल आफ्नी पत्नी सीताको उपचारका लागि थाइल्यान्ड गएका छन् । उनी शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।