दुग्ध विकास संस्थानको यस्तो प्रतिवद्धता

Newslaya Home

दुग्ध विकास संस्थानको यस्तो प्रतिवद्धता

सोमबार २३, साउन २०७४

काठमाडौं । दुग्ध विकास संस्थानले दक्ष जनशक्ति निर्माणको कामलाई तीव्रता दिने जनाएको छ । संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाले गुणस्तरीय दुध तथा दुधजन्य बस्तुहरुको उत्पादनका लागि दक्ष जनशक्ति आवश्यक्त पर्ने स्पष्ट पार्नुभयो । मंगलबारदेखि काठमाडौंमा सुरु भएको दुग्ध उद्योगमा कार्यरत संंघ संस्थाका प्रतिनिधिहरुको तालिमको शुभारम्भ गर्दै उहाँले गुणस्तरीय दुध तथा दुधजन्य बस्तुको निर्माणका लागि दिइने तालिमले दुध उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो । महाप्रबन्धक तिम्सिनाले दुग्ध विकास संस्थान दुध कृषकहरुलाई आवश्यक मुनाफा दिन पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गर्नुभयो । दुध कषकहरुले दुधको उत्पादन लागत बढेपनि सो अनुसारको मूल्य निर्धारण नगरेको गुनासो गर्दै आएका छन् ।