२०४औं भानुजयन्ती मनाइदै

Newslaya Home

२०४औं भानुजयन्ती मनाइदै

सोमबार २३, साउन २०७४

काठमाडौं । आज २०४ औं भानुजयन्ती । नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा उनको सम्झनामा देशभरीका साहित्यीक संस्थाहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन् ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्म भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । आचार्यका ‘बधुशिक्षा’, ‘प्रश्नउत्तर’, ‘भक्तिमाला’, ‘रामगीता’ लगायतका कृति सदावहार रुपमा चर्चित छन् ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाँडकै रुपमा मनाउँछन् ।

नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जि्लिङ आसाम र डुवर्सलगायतका स्थानमा पनि विशेष कार्यक्रम गरिन्छ । पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे । उनको विसं १९२३ असोज ६ गते निधन भएको थियो।