एमालेको टिसर्ट जलाउँदा प्रहरीको गोली, राजपाका तीन जना घाइते

Newslaya Home

एमालेको टिसर्ट जलाउँदा प्रहरीको गोली, राजपाका तीन जना घाइते

सोमबार २३, साउन २०७४

काठमाडौं । नवलपरासीको परासीमा राजपाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् । राजपा र प्रहरीबीचको झडपका क्रममा गोली चलेको हो ।
राजपाको कार्यक्रम स्थल नजिकै राजपा कार्यकर्ताहरुले एमालेको सूर्य चिन्ह अंकित टिसर्ट जलाइदिएपछि झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा राजपाका चार जना कार्यकर्ता घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
कार्यक्रममा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण गर्दागर्दै झडप उग्र बनेको थियो । गोली चलेसँगै कार्यक्रम नै विथोलिन पुगेको थियो । प्रहरीले राजपाका कार्यकर्तालाई नियन्त्रणमा लिन एक दर्जन आश्रुग्यास प्रहार गरेको र स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले रबरको गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
राजपाका कार्यकर्ताका अनुसार प्रहरीले आधा दर्जन रबरका गोली हानेको थियो । झडपमा घाइते भएकाहरुलाई जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा भर्ना गरिएको छ भने घाइतेहरुको परिचय खुल्न बाँकी रहेको छ । राजपाले असार १४ गते हुने चुनावको विरोधमा परासीमा आज विरोध सभाको आयोजना गरेको थियो ।