निर्वाचन प्रचारमा चुनावचिन्ह अंकित सामाग्रीको प्रयोग गर्न नपाइने

Newslaya Home

निर्वाचन प्रचारमा चुनावचिन्ह अंकित सामाग्रीको प्रयोग गर्न नपाइने

सोमबार २३, साउन २०७४

काठमाडौं । उम्मेदवार वा दलको निर्वाचन चिह्न अंकित सामाग्रीमको प्रयोग, विक्री र प्रदर्शनमा रोक लागाउन निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । अब निर्वाचन प्रचारका लागि राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले टोपी, झोला, टिसर्टजस्ता साङ्केतिक सामग्री प्रयोग गर्न नपाउने भएपछि आयोगले यस्तो निर्देशन दिएको हो ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, स्टिकर, टोपी, प्रतीकचिह्न, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शनमा रोक लगाउन आयोगले परिपत्र गरेको छ । पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिइए पनि कतिपय क्षेत्रमा यसको उल्लङ्घन भएको थियो । यसअघि निर्वाचन आचारसंहिता–२०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ का मौनअवधिमा मात्र यस्ता सामग्रीको प्रयोग, बिक्री वितरण र प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि एवम सुरक्षा निकायसँग शान्तिपुर्ण रुपमा चुनाव सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । शुक्रबार अन्तक्र्रिया गर्दै दोस्रो चरणमा हुने जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको हो ।
आचारसंहिताले रोक लगाएको निर्वाचन चिह्न अङ्कित सामग्रीको प्रयोग नगराउन जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले इलामका सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
निर्वाचन कार्यालयले जेठ २८ देखि ३० गतेसम्म सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुरक्षाको दृष्टिले इलाम सुरक्षित रहेको बताउँदै राजनीतिक दलका भ्रातृ सङ्गठनलाई आचारसंहिता उल्लङ्घन हुन नदिन आग्रह समेत गरे ।