केपी ओलीले भने, ‘राष्ट्रिय सहमतीको सरकार बनाऔं’

Newslaya Home

केपी ओलीले भने, ‘राष्ट्रिय सहमतीको सरकार बनाऔं’

सोमबार २३, साउन २०७४

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेतृत्व जोसुकैको स्वीकार्न आफूहरु तयार रहेको बताएका छन् । उनले दोस्रो चरणको निर्वाचन हुनेमा आफूहरू ढुक्क रहेको समेत बताएका छन् ।
उनले सरकार विहिनताको अवस्थामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कसको हो, थाहा नभएको समेत बताएका छन् । उनले निर्वाचनको बिचमा सरकार फेर्नुको कारणबारे समेत जिज्ञासा व्यक्त गरेका छन् । उनले संसद अवरोध गर्नु आफ्नो बाध्यता भएको बताउँदै त्यसको लागि सरकार आफै जिम्मेवार बताएका छन् ।