जथाभावी बाटो काट्ने र हर्न बजाउने कारवाहीमा

Newslaya Home

जथाभावी बाटो काट्ने र हर्न बजाउने कारवाहीमा

सोमबार २३, साउन २०७४

काठमाडौ । जथाभावी हर्न बजाउने करिब ७ हजार चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । गत वैशाख २ गतेदेखि अहिलेसम्म जम्मा ७१५६ चालक कारवाहीमा परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चैत २० गतेदेखि सडकमा जनचेतनाका लागि पर्चा पम्प्लेटमार्फत सूचना जारी गरेको र वैशाख २ गतेदेखि कारवाही सुरु गरेको जनाएको छ । त्यसयता यतिधेरै कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामाले जानकारी दिए । त्यसैगरी जेठ १६ देखि हालसम्म जथाभावी बाटो काट्ने ३४७९६ जना कारवाहीमा परेको प्रहरीले जनाएको छ ।