राष्ट्रपति स्विजरल्यान्ड प्रस्थान गर्दै

Newslaya Home

राष्ट्रपति स्विजरल्यान्ड प्रस्थान गर्दै

सोमबार २३, साउन २०७४

काठमाडौं । स्विजरल्यान्डको जेनेभामा आयोजना हुन लागेको ’वल्र्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गर्दै छिन् । अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) ले आयोजना गरेको सो कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रपतिको नेतृत्वमा ११ सदस्यीय टोली जेनेभा जान लागेको हो ।
राष्ट्रपति मंगलबार अपराह्न ५ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त टोली संयुक्त अरब इमिरेट्स हुदै जेनेभा पुग्नेछ ।
गत साता सुरु भएको अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरान ’वल्र्ड अफ वर्क समिट’ हुन लागेको हो । राष्ट्रपति भण्डारीले नयाँ संविधानमार्फत महिला तथा कामदारका हक, हित र अधिकार सुनिश्चित गरिएको लगायतका विषयमा अन्तर्रा्ष्ट्रिय समुदायलाई अवगत गराउने छिन् ।
सम्मेलनमा जलवायु परिवर्तनका कारण कामदार, व्यवसाय र समुदायमा परेका असरबारे छलफल हुने आईएलओले जनाएको छ । नेपाल आईएलओको सदस्य बनेको ५० वर्ष पुगेको छ ।