यादव र गच्छदार एक हुँदै

Newslaya Home

यादव र गच्छदार एक हुँदै

सोमबार २३, साउन २०७४

काठमाडौं । राजपासहितको संघीय गठबन्धनले निर्वाचन विथोल्ने जनाइरहँदा विजयकुमार गच्छदार र उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गर्ने भएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबिच यो विषयमा पटक पटक छलफल भइसकेको छ ।
सरकारले स्थानिय तहको संख्या थप्न गरेको निर्णयलाई सकारात्मक पहल मान्दै यी दुई मधेसवादी दल चुनावमा सहभागि हुन सहमत भएका हुन् । डेढ महिना यता दुई नेताबीच पटक पटक भेट वार्ता भइसकेको जनाइएको छ । उनीहरुबिच पार्टी एकताको कुरा समेत चलेको छ ।
दुवै पार्टीबिच रहेका सामान्य विवादले तालमेल नरोकिने दुवै पार्टीका नेताहरुले बताउँदै आएका छन् । दुई पार्टीको कार्यगत एकता र पार्टी एकतासम्म गर्न दोस्रो तहका नेता पनि सक्रिय छन् । २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधव नेपालको सरकार निर्माणका क्रममा विवाद भएपछि गच्छदारले मधेसी जनाधिकार फोरम नेपाल फुटाएर मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए ।