मतदान केन्द्रमा राखिएको बम फाल्ने प्रहरी हवल्दारको बढुवा

Newslaya Home

मतदान केन्द्रमा राखिएको बम फाल्ने प्रहरी हवल्दारको बढुवा

सोमबार २३, साउन २०७४

काठमाडौ । दोसो चरणको स्थानिय तहको चुनावमा दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन् । रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।
रानाले असार १४ गते दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए । बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न रानालाई हौसला दिएका छन् ।  असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिएका थिए ।