जेठ ३१ गते चुनाव नहुने सम्भावना बढ्यो

Newslaya Home

जेठ ३१ गते चुनाव नहुने सम्भावना बढ्यो

सोमबार २३, साउन २०७४

काठमाडौं । संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको घोषणा गरेको छ । यथास्थितिमा चुनावमा नजाने उसको अडान छ । स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको उसको गुनासो छ ।
राजपालाई चुनावमा सहभागी गराउन सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । गठवन्धनले आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै चुनावमा सहभागी नहुने अडान लिएको छ ।
साथै राजपा नेपाललाई चुनाव चिन्ह नदिएर चुनावमा निषेध गरेको उसको दाबी छ । संघीय गठवन्धनले मतदाता मानावलीमा छटेकाहरुको नाम समावेश लगायतका माग पुरा भए चुनावमा जाने बताएको छ । यो निर्णयविरुद्ध परेको रिटमा शुक्रबार नै सर्वोच्चले निर्णय कार्यान्वयन गर्न अन्तरीम आदेशसमेत दिएको छ ।
बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनसम्वन्धी सबै कार्यक्रमको प्रतिवाद गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी, १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ ।