नेपाल टेलिकमलाई थर्काउने : १८ वर्षीय युवा यि हुन्

Newslaya Home

नेपाल टेलिकमलाई थर्काउने : १८ वर्षीय युवा यि हुन्

सोमबार २३, साउन २०७४

आइतवार कार्यालय खुल्ने बित्तिकै भद्रकालीकामा रहेको नेपाल टेलिकमको मुख्य कार्यलयमा दुरसंचारको सबै डाटा मसँग सुरक्षित छ, म जतिबेला पनि नेपाल टेलिकमको फोन ह्याक गर्न सक्छु भनेर कल आयो ।
यति भनेपछि कार्यालयमा ठूलै तनाव उत्पन्न भयो । टेलिकममा कार्यरत प्राविधिक कर्मचारीले फोन गर्ने व्यक्तिको नम्बर पत्ता लगाए । नम्बर पत्ता लागेपछि टेलिकमका पदाधिकारीहरुको बैठकले प्रहरीलाई खबर गर्ने निर्णय भयो। त्यसपछि टेलिकममा कर्मचारीले महानगरीय अपराध महाशाखामा पुगेर अज्ञात व्यक्तिले टेलिकमकै डाटा ह्याक गर्ने धम्की दिएको निवेदन दिए ।
प्रहरीले घटना भएको चौबीस घन्टामै फोन गर्ने मान्छे पत्ता लगाउन सफल भयो । उनी ओखलढुङ्गा सुनकोसी गाउँपालिका १० का १८ वर्षीय पुरुषोत्तम अधिकारी कक्षा १२ को अध्ययन सकेर भर्खरै काठमाडौं आएको खुल्यो ।
अधिकारीले आफू पपुलर हुन, दुरसंचारको सेवा राम्रो नभएको र नागरिक ठगिएको भन्दै सचेत गराउने उद्देश्यले फोन मात्र गरेको प्रहरीको बयानमा बताएको एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार अनुसन्धानमा त्यस्तो ह्याक गर्ने क्षमता उनमा नभएको देखिएको छ । अधिकारी विरुद् सार्वजानिक ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ ।