जिल्ला शिक्षा कार्यालय खारेज गर्ने सरकारको तयारी

Newslaya Home

जिल्ला शिक्षा कार्यालय खारेज गर्ने सरकारको तयारी

सोमबार २३, साउन २०७४

काठमाडौं । सरकारले जिल्ला शिक्षा कार्यालयमा कार्यरत सबै कर्मचारीलाई स्थानीय तहमा परिचालन गरेपछि सबै जिल्ला शिक्षा कार्यालय खारेज गर्ने तयारी गरेको छ ।
स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यस्तो व्यवस्था पछि ती निकायमा तत्काल कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो ।
आइतबार प्रधानमन्त्री कार्यालयबाट निर्देशन पाएपछि शिक्षा मन्त्रालयले सोमबारबाट कर्मचारी व्यवस्थापन गर्न सुरू गरेको छ । कार्यलयले सबै ७४४ वटै स्थानीय निकायमा कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशन पछि मन्त्रालयको कर्मचारी प्रशासनले कर्मचारीहरूको तथ्याङ्क सञ्चालन गर्ने काम थालेको हो ।
असार १५ पछि शिक्षा सेवामा कार्यरत सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्ने शिक्षा मन्त्रालय प्रशासन महाशाखाका प्रमुख चक्रबहादुर बुढाले बताए ।