२ नम्बर प्रदेशको चुनाव जित्न कांग्रेसकालागि जीवन मरण:देउवा

Newslaya Home

२ नम्बर प्रदेशको चुनाव जित्न कांग्रेसकालागि जीवन मरण:देउवा

सोमबार २३, साउन २०७४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशमा चुनाव जित्नु नेपाली कांग्रेसका लागि जीवन मरणको सवाल भएको बताएका छन् । दुई चरणमा सम्पन्न भएका चुनावमा कांग्रेसले व्यहोरेकोे हार २ नम्बर प्रदेशबाट लिनुपर्ने उनले बताए ।
बिहीवार काठमाडौंमा प्रदेश नम्बर २ का नेता कार्यकर्ताको भेलालाई सम्बोधनगर्दै देउवाले प्रदेश नम्बर दुइमा कांग्रेस पहिलो पार्टी बन्नु पर्ने बताएका हुन् । ‘यसअघि ठाउँठाउँमा अन्तरघात भयो, अन्तरघात गराउने माथि तुरुन्तै कारबाही हुन्छ’ देउवाले भने, आफूलाई भेट्न आउँनेजति सबैले आफूले चुनाव जित्ने दार्वीे गरेको देउवाले सुनाएका थिए । उनले दुई नम्बर प्रदेशमा तोकिएको समयमै चुनाव हुने बताएका छन् । राजपासँग पनि कुरा भइरहेको र राजपा चुनावमा सहभागि हुने देउवाले बताए ।
पार्टीमा अन्तरघात भएकोले धेरै ठाउँमा चुनाव हारेको कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘म अहिले सभापतिलाई भन्न चाहन्छु । यो कुरा भित्रि कोठामा पनि भनेको छु । पार्टीमा अन्तरघात भएकै हो । यसको जिम्मा लिने कि नलिने ?’ पौडेलले भने ‘सभापतिकै मान्छेबाटै अन्तरघात भएको छ ।‘
पौडेलले आफू समावेशरी र समानुपातिकको पक्षमा रहेपनि पार्टी समावेशी नभएको आरोप लगाएका छन् । उनले टिकट वितरण पनि गुटको आधारमा भएको दावी गरे । ‘सिधै केन्द्रमा नेतालाई भनसुन गरे टिकट दिइने रहेछ । तर यो गलत छ । जनताले चिनेको लाई पो टिकट दिने हो त’ पौडेलले भने  पार्टी भित्रको अन्तरघातले पार्टी पछि परेको भन्दै यसलाई गम्भीर रुपमा लिइनुपर्ने नेता कृष्णप्रसाद सिटौलाले बताएका थिए । ‘कांग्रेसलाई कांग्रेसले नै हराएको छ’ सिटौलाले भने ।