घुस रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

Newslaya Home

घुस रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सोमबार २३, साउन २०७४

वीरगञ्ज । पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले पक्राउ गरेको छ ।
अख्तियारको टोलीले शिक्षा अधिकारीलाई नेराप्रावि मैनपुरका प्रधानाध्यापकसँग विद्यालय भवन निर्माणका लागि बिनियोजित १९ लाख रकमको निकासा दिँदा ७० हजार घुस लिँदा लिँदै पक्राउ गरेको हो । विद्यालय भवन निर्माणका लागि बिनियोजित रकम निकासा गर्न जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर देवले घुस मागेपछि प्रधानाध्यापक अख्तियार पुगेको बताईएको छ । अख्तियारको टोलीले उपलब्ध गराएको रकम शिक्षा अधिकारी तिवारीले ५० हजार र इन्जिनियर देवले २० हजार बुझेका थिए । लगतै दुबैलाई अख्तियारको टोलीले जिल्ला शिक्षा कार्यालय परिसरबाटै पक्राउ गरेको जानाएको छ ।