अब बन्ने नयाँ सरकारमा राजपा सहभागी नहुने

Newslaya Home

अब बन्ने नयाँ सरकारमा राजपा सहभागी नहुने

सोमबार २३, साउन २०७४

काठमाडौ । अब बन्ने नयाँ सरकारमा राष्ट्रिय जनता पार्टी नेपालले सहभागी नहुने स्पष्ट पारेको छ ।
बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो ।
राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेता अनिल झाले बताए ।
निर्वाचनमा जाने अवस्था अझै नरहेको राजकिशोर यादव लगायतका केही नेताहरुले दाबी गर्दैै आएका छन । कतिपय माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने महन्थ ठाकुर लगायतका नेताहरुले धारणा राख्दै आएका छन् । निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा एक–दुई दिन भित्रमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।