नेपालमा १६ लाख बालश्रमिक

Newslaya Home

नेपालमा १६ लाख बालश्रमिक

सोमबार २३, साउन २०७४

काठमाडौं । नेपालमा १६ लाख बालश्रमिक रहेको सरकारले जनाएको छ । बालश्रम दिवसको अवसरका सोमबार विज्ञप्ती जारी गर्दै श्रम विभागले नेपालमा ६ लाख २१ हजार बालबालिका जोखिमपूर्ण काममा संलग्न रहेकोसमेत बताएको छ ।
सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिए पनि कठिनाई हुने सरोकारवाला बताउँछन् । २०७२ सालमा गएको विनाशकारी भूकम्पले प्रभावित क्षेत्रमा १० लाख बालबालिका विद्यालय जानबाट बञ्चित भएको विभाग बताउँछ ।
सरकारी प्रयासलेमात्र बालश्रम अन्त्य गर्न सम्भव नभएको भन्दै विभागले त्यसका लागि सरोकारवालालाई अपिलसमेत गरेको छ ।