डान्सबारबाट कक्षा ८ देखि प्लस टुका १९८ किशोरकिशोरी समातिए

Newslaya Home

डान्सबारबाट कक्षा ८ देखि प्लस टुका १९८ किशोरकिशोरी समातिए

सोमबार २३, साउन २०७४

काठमाडौ । बालाजुको डान्सबारबाट प्रहरीले १९८ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको छ ।
बालाजुस्थित हिमालय डान्सबारमा आज दिउँसो मादक पदार्थका साथै नशालु पदार्थसमेत सेवन गरेर होहल्ला गरेको अवस्था महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले नियन्त्रणमा लिएको वृत्तका प्रमुख डिएसपी सन्तोष तामाङले पहिलोपोस्टलाई जानकारी दिए ।
नियन्त्रणमा लिइएकाहरुमा ४० किशोरी र १५८ किशोर रहेका छन् । डिएसपी तामाङका अनुसार धेरै जना कक्षा आठदेखि प्लस्ट टु पढ्ने छन् । उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाइने उनले बताए।