आन्दोलन वा चुनाव भन्ने विषयमा राजपा पार्टीभित्रै विवाद

Newslaya Home

आन्दोलन वा चुनाव भन्ने विषयमा राजपा पार्टीभित्रै विवाद

सोमबार २३, साउन २०७४

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन घोषणा गर्ने भन्नेमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टी भित्रै विवाद सुरुभएको छ । नेताहरूबीच निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन गर्ने भन्ने विषयमा एकजुट हुन सकेको छैन ।

नसकेपछि बुधबार बसेको अध्यक्ष मण्डलका बैठकले कुनै निश्कर्ष निकाल्न सकेन । कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्ष भने ननिस्किरहेको पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए । आज बिहान ११ बजे अध्यक्ष मण्डलको बैठक बसेर एउटा ठोस धारणा बनाउने प्रयास गर्ने समेत उनले जानकारी दिए ।
महतो एक साता आन्दोलन घोषणा गर्ने र आन्दोलनका कार्यक्रम अघि बढाएर पछि सहमति गर्दै निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन्् । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आफ्नो जनाधार बलियो बनाएर थप माग पूरा गर्न दबाब दिन निर्वाचनमा जानुपर्ने अध्यक्ष मण्डलका केही सदस्यहरुको धारणा छ । केही सदस्य आफूहरूले उठाएका सबै माग पूरा नहुँदै निर्वाचनमा जान नहुने पक्षमा देखिएका छन् । यसरी पार्टी भित्रैका सदस्यहरुमै के गर्ने भन्ने विषयमा टुङगो नलाग्दा विवाद कायम नै रहेको हो । आजको बैठकले विवाद हटाउने र पार्टी अब चुनावमा जाने वा आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने भन्ने विषयमा छलपल हुने पार्टीले जनाएको छ ।