स्कुल बसभित्रै झुण्डिए बुद्धकृष्ण

Newslaya Home

स्कुल बसभित्रै झुण्डिए बुद्धकृष्ण

सोमबार २३, साउन २०७४

भक्तपुर । पार्किङमा राखिएको स्कुल बसभित्र एक पुरुष झुण्डिको अवस्थामा मृत फेला परेका छन् । भक्तपुरको मध्यपुर थिमी ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रअगाडि राखिएको बसमा उनी मृत फेला परेका हुन् ।
बा १ क ९११५ नम्बरको स्कुल बसभित्र मध्यपुर थिमी नपा ४ का ३० वर्षीय बुद्धकृष्ण नापित झुण्डीएका हुन् । मादक पदार्थ सेवन गरेका उनी बसको सीट माथिको डण्डीमा सुरुवालको पासो लगाई झुण्डीएका हुन् ।
लास पोष्टमार्टमको लागि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।