नेपाली राजनीतिसम्बन्धमा राजदुतले बोल्नै चाहेनन्

Newslaya Home

नेपाली राजनीतिसम्बन्धमा राजदुतले बोल्नै चाहेनन्

सोमबार २३, साउन २०७४

काठमाडौं । विगतमा संविधान सभाको निर्वाचनताका नेपालको आन्तरिक मामिलामा निकै टिका टिप्पणी गर्ने भारत अहिले मौन छ । नेपालको राजनीति आन्तरिक मामिला भएको भन्दै अहिलेका राजदुतले नेपालको राजनीतिको सम्बन्धमा टिप्पणी नगर्ने जनाएका छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका हुन् । नेपालको राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न नमिल्ने बताएका उनले नेपालको राजनीतिलाई भारतले नजिकबाट हेरिरहेको भने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विशेष महत्व दिएको समेत बताए । ’
नेपाल र भारतबीच अत्यन्त निकटको सम्बन्ध भएको भन्दै सम्बन्ध आगामी दिनमा झनै बलियो र प्रगाढ हुने समेत जिकिर गरे ।
नेपालले पछिल्लो समय ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेकोमा खुसी व्यक्त गर्दै उनले अझै धेरै आर्थिक वृद्धि हासिल गरोस् भन्ने भारतको चाहना रहेको बताए ।