उम्मेद्वार चयन गर्न कांग्रेसको बैठक सुरु

Newslaya Home

उम्मेद्वार चयन गर्न कांग्रेसको बैठक सुरु

सोमबार २३, साउन २०७४

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारबारे छलफल गर्न कंग्रेसका शीर्षस्थ नेताको बैठक सुरु भएको छ । विशेष गरी प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार तय गर्न छलफल बसेको हो ।
सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । नेपाली कांग्रैसले दोस्रो चरणमा निर्वाचन हुने मध्ये १, ५ र ७ नम्बर प्रदेशका अधिकांश स्थानीय तहमा भने उम्मेदवार टुङ्गो लगाइसकेको छ । कांग्रेसले १ नम्बर प्रदेशमा पनि यस अघिको बैठकले नै उम्मेदवार चयन गरिसकेको छ । मोरङ र सोलुखुम्वुको १ नम्बर क्षेत्रमा भने उम्मेद्वार तय गरिएको छैन ।
कांग्रेसले २ नम्बर प्रदेशका स्थानीय तहमा आइतबार नै उम्मेदवारी टुङ्गो लगाउने बताएको थियो । तर व्यवस्थापिका संसदमा संविधान संशोधन गर्ने कार्यसुचि रहेकाले सो वैठक स्थगित भएको थियो । आजको बैठकबाट २ नम्बर प्रदेशमा उम्मेदवार तय गर्नेबारे छलफल केन्द्रित हुने र भोलीसम्ममा टुङ्गो लगाईसक्ने कांग्रेसका नेताहरुले बताए ।