शर्माविरुद्धको मुद्दा सुनुवाई आज

Newslaya Home

शर्माविरुद्धको मुद्दा सुनुवाई आज

सोमबार २३, साउन २०७४

काठमाडौं । सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि मंगलबार पनि बहस सकिएन । मंगलबार नसकिएको बहस अन्तत हेर्दाहेर्दैमा राखिएको थियो । सर्वोच्चले सो मुद्दाको सुनुवाई बुधबार (आज)का लागि हेर्दाहेर्दैमा राखेको हो ।

न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ हिजो हुन नसकेको हो । सुनावाई नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइका लागि बुधबार तय गरेको अदालतका प्रवक्ता विश्वराज पौडेलले बताए ।

गैरकानुनी रूपमा थुनामा राखेको भन्दै शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई असार २७ गते रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको हो ।

शर्मा्िवरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य–सचिवसमेत रहेका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।