अनुसन्धानका लागि ६ दिनको म्याद थप

Newslaya Home

अनुसन्धानका लागि ६ दिनको म्याद थप

सोमबार २३, साउन २०७४

काठमाडौं । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि ६ दिनको म्याद थपीएको छ । अख्तियारले अनुसन्धान आयोगले  म्याद थपका लागि शुक्रबार सर्वोच्च अदालतमा पेस गरेको थियो ।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न म्याद थप गरेको बताए । उनका अनुसार कर फस्र्योट आयोगमार्फत ब्याज मिनाहाका विषयमा थप बुझ्नका लागि म्याद थप गरिएको हो ।
न्यायाधीश भूपेन्द्र राई, नरेन्द्र सिवाकोटी र महेश पुडासैनीको इजलासबाट ६ दिनका लागि म्याद थप गर्न अनुमति दिएको श्रेष्ठले बताए ।