प्रहरीसँगै मतपत्र सुरक्षाका लागि ढाडे बिरालो परिचालन

Newslaya Home

प्रहरीसँगै मतपत्र सुरक्षाका लागि ढाडे बिरालो परिचालन

सोमबार २३, साउन २०७४

काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि प्रहरी परिचालनले मात्र नपुगेर ढाडे बिरालोलाई समेत प्रयोग गरिएको छ ।
भरतपुरस्थित कभर्ड हलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको हो । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले कडा सुरक्षा दिइरहेका छन् । तर, भवनभित्र रहेका मतपत्रलाई मुसाबाट जोगाउन बिरालाले सहयोग गरिरहेको छ ।
बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । बिरालाले मुसा आउन नदिएपछि ढुक्क छौं उनले भने ।
मतपत्र गणना गर्ने क्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएरको । २९ वडाको मतपत्र, लामो समयसम्म लगाएर गणना गर्दा गणक बसेका कपडा लगायतका सामग्री हलभित्र राखिएका छन् ।
मतपत्र च्यातिएपछि स्थगित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गणना गर्न एक दिन एकै छिन खोजिए पनि भवन खुला भएको छैन । भवनको मूल गेटमा ताला लगाइएको छ । भन बाहिरबाछ प्रहरीले सुरक्षा दिइरहेका छन् भने भित्र ढाडे बिरालोले सुरक्षा दिइरहेको छ ।