स्थानीय तहको चुनाव जित्ने उम्मेदवारहरुमध्ये युवाहरु ४१ प्रतिशत

Newslaya Home

स्थानीय तहको चुनाव जित्ने उम्मेदवारहरुमध्ये युवाहरु ४१ प्रतिशत

सोमबार २३, साउन २०७४

काठमाडौं । स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनेमध्ये युवाहरु ४१.३४ प्रतिशत रहेका छन् ।
२० देखि ४० उमेर समूहका सबै पदमा गरी ११ हजार ४२९ प्रतिनिधि निर्वाचित भएका छन् । यस्तै सबैभन्दा धेरै प्रतिनिधिहरु भने ४० देखि ६० उमेर समूहका छन् । यो उमेर समुहमा ५३.६३ प्रतिशत प्रतिनिधि निर्वाचित भएका छन् । यो भनेको १४ हजार ८२७ जना हो । यस्तै ६० वर्षमाथिका वृद्धहरु भने एक हजार ९६८ जना निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न प्रदेश नं ३, ४ र ५ को भरतपुर महानगरपालिकाको प्रमुखर उपप्रमुख, वडा नं १७ र १८ बाहेक १३ हजार ४०० प्रतिनिधिको आँकडा आएको हो ।
त्यस्तै, दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तह मध्ये १५ हजार ३८ पदका लागि भएको निर्वाचनमा १४ हजार ८२४ को तथ्यांक आयोगको केन्द्रीय कार्यालयमा आइपुगेको छ ।
निर्वाचन सम्पन्न भएको ३ साता वितिसक्दा समेत एक नगरपालिका र चार गाउँपालिकाको तथ्यांक आयोगमा आइनसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।