चुनाव सम्पन्न भएकोमा चीन खुसी

Newslaya Home

चुनाव सम्पन्न भएकोमा चीन खुसी

सोमबार २३, साउन २०७४

काठमाडौं । पहिलो चरणको स्थानीय तहको चुनाव उत्कृष्टका साथ सम्पन्न भएकोमा नेपालको उत्तरी छिमेकी राष्ट्र चीनले खुसी व्यक्त गरेको छ । आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले नेपालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग सो खुसी व्यक्त गरेको हुन् ।
उनले पहिलो चरणको स्थानीय तह निर्वाचनबाट नेपालमा राजनीतिक स्थायीत्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने बताए । चीनले स्थानीय तहको चुनावका लागि नेपाललाई नौ मिलियन युआन अनुदान सहयोग गरिसकेको छ । नेपाली दूतावासले जारी गरेको प्रेसविज्ञाप्ति अनुसार चिनियाँ उपप्रधानमन्त्रीले महरासगँ नेपाल ‘बेल्ट एन्ड रोड’ को सदस्य बनेकोमा बधाई दिएका थिए ।