एसईईको नतिजा एकसाता भित्र आउने

Newslaya Home

एसईईको नतिजा एकसाता भित्र आउने

सोमबार २३, साउन २०७४

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । एकहप्ता भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ तीब्र रुपमा काम भइरहेको कार्यालयले जानकारी दिएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा ईन्ट्री गर्ने काम, रुजु गर्ने काम लगायत परीक्षार्थीको विषयगत नतिजामा कुनै त्रुटी भए नभएको हेर्ने काम भइरहेको कार्यालयका परीक्षा नियन्त्रण अम्बिका रेग्मीले जानकारी दिए ।
संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को यो पहिलो नतिजा हुनेछ । परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७३२ छात्र र २ लाख ७८ हजार ४५० छात्रा गरि कुल ५ लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका छन् ।