७१ प्रतिशत मत खस्यो

Newslaya Home

७१ प्रतिशत मत खस्यो

सोमबार २३, साउन २०७४

काठमाडौं । आइतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय तह मध्ये २८१ मा भएको निर्वाचनमा भएको थियो ।
मतदान सकिएलगतै आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा जनसहभागिता उत्साहजनक रहेको बताए ।
यता दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको छ । दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु भएको घटनापछि त्यहाँको मतदान स्थगित भएको छ ।
यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका ४ वेथिनकोट मतदान केन्द्रमा मतदान नै सुरु हुन सकेन । शनिबार गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँ मतदान हुन सकेन ।
यस्तै कालिका गाउँपालिकामा मतपेटिका लुट्न आएको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि मतदान स्थगित गरिएको थियो ।