सरकारलाई ७२ घण्टे अल्टिमेटम चर्को भर्ना शुल्क फिर्ता गराउन माग

Newslaya Home

सरकारलाई ७२ घण्टे अल्टिमेटम चर्को भर्ना शुल्क फिर्ता गराउन माग

आइतबार २२, साउन २०७४

काठमाडौं । अहिले निजी विद्यालयहरुमा विद्यार्थी भर्नाको बहानामा चर्को शुल्क असुली गर्ने चलन धैरै नै बढेको पाइन्छ । शैक्षिक क्षेत्रमा देखिएका यस्ता खालका समस्या समाधान गर्न भन्दै प्रमुख विद्यार्थी संगठनहरुले कार्यदल गठन गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले सोमबार तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेविसंघका उपाध्यक्ष पुष्प शाही, अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङ रहेका छन् ।
कार्यदलले शैक्षिक भर्ना लगायतका समग्र समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय खोजेर सरोकारवाला निकायलाई दबाव दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष तामाङले बताए ।
नयाँ शैक्षिक सत्रमा निजी विद्यालयहरुले अभिभावकहरुबाट चर्को शुल्क लिने गरेको गुनासो बढेको छ । त्यसलाई रोक्न माग गर्दै मंगलबार शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउने र शुल्क फिर्ताका लागि ७२ घण्टे अल्टिमेटम दिने तामाङले बताए ।