निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता अनुगमन तीव्र

Newslaya Home

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता अनुगमन तीव्र

आइतबार २२, साउन २०७४

काठमाडौ । निर्वाचनका लागि उम्मेदवारी दर्ता भए लगत्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र बनाएको छ ।
आयोगले केन्द्रबाटै सचिव र सहसचिवको नेतृत्वमा हरेक जिल्लामा उच्चस्तरिय अनुगमन टोली खटाएको जनाएको छ । आयोगले बुधबारबाट उच्चस्तरको टोली खटाइसकेको जनाएको छ । निर्वाचन आयोगले आयुक्तस्तरको अर्को छुट्टै निर्वाचन आचारसंहिता अनुगमन समिति समेत खटाएको जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमनका लागि आयुत्तहरु इला शर्मा र नरेन्द्र दाहाललाई प्रदेश नम्बर ३, आयुत्त सुधीरकुमार शाहलाई प्रदेश नम्बर ६ र अर्का आयुक्त ईश्वरी पौडेललाई प्रदेश नम्बर ४ को अनुगमन जिम्मेवारी आयोगले तोकेको छ ।
अब कुनै उम्मेदवारले आचारसंहिता उल्लंघन गरेमा आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना देखि उम्मेदवारी समेत खारेज गरिदिन सक्नेछ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि अनुगमन थप कडाइ गर्दै जाने पनि आयोगले जनाएको छ ।