नेपालीको आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच हजार डलर

Newslaya Home

नेपालीको आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच हजार डलर

आइतबार २२, साउन २०७४

काठमाडौं । आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने योजना नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा समेट्ने भएको छ । पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।
पछिल्लो तथ्यांक अनुसार नेपाली प्रतिव्यक्ति आय ७६६ डलर छ । स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एमालेले टोली बनाएको छ । कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले एमालेले यो पटक लक्ष्य मात्र होइन, त्यसलाई प्राप्त गर्ने आधारसहित घोषणा पत्र तयार पार्ने साथै ३ वर्षभित्र गरिबी निवारण गर्ने र पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने योजना घोषणा पत्रमा रहनेछ । त्यति मात्र हैन केन्द्रमा पनि एमालेको सरकार बनेपछि प्रत्येक घरघरमा एक रोजगारी दिने र पाँच वर्षभित्र सबै रोजगार बन्ने अवस्था सिर्जना गर्ने एमालेको दाबी छ ।
१० वर्षभित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशहरु समान बनाउने योजना पनि एमालेले घोषणा पत्रमा राख्ने बताइएको छ ।