‘विकास र आर्थिक समृद्धि नै मुख्य एजेन्डा’ कांग्रेसका उम्मेदवार

Newslaya Home

‘विकास र आर्थिक समृद्धि नै मुख्य एजेन्डा’ कांग्रेसका उम्मेदवार

आइतबार २२, साउन २०७४

भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विकास र आर्थिक समृद्धि नै आफूहरुको मुख्य एजेन्डा हुने बताएका छन् ।
बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा सुर्यविनायक नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार विष्णुराज कार्की, चाँगुनारायण नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार राजाराम खड्का र भक्तपुर नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार रामप्रसाद कासुलाले भक्तपुरको समग्र विकास नै आफूहरुको प्राथमिकता हुने बताए ।
सुर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेको कार्कीले बताए । चाँगुनारायण क्षेत्रको समग्र समृद्धिका साथै त्यहाँको पर्यटन विकास र खानेपानी तथा सडक विस्तारमा लागिपर्ने प्रतिबद्धता खड्काले जनाए । भक्तपुरको समग्र विकासका साथै शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने कासुलाले बताए ।