एमाले–राप्रपाबिच तालमेल

Newslaya Home

एमाले–राप्रपाबिच तालमेल

आइतबार २२, साउन २०७४

काठमाडौ । नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर दुबै महानगरमा तालमेल हुने भएको छ । दुबै महानगरको मेयर एमालेले लिनेछ भने राप्रपाले उपमेयर लिने समझदारी भएको नेताहरुले बताएका छन् ।
एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई र काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने निर्णय गरेको छ । उपमेयरमा भने राप्रपाले उम्मेदवारी दिएको छ ।
उपमेयरमा भने एमालेले राप्रपालाई छाडेको छ । महानगरपालिका मेयरका उम्मेद्वार शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं २१ का वडाध्यक्ष थिए । उनी एमालेका काठमाडौं जिल्ला सचिव हुन् । महानगरको मेयरलाई लिएर एमालेभित्र विवाद थियो । माधव नेपाल पक्षका जीवनराम श्रेष्ठ, र वामदेव पक्षका केशव स्थापितले समेत मेयरमा दाबी गर्दै आएका थिए । गौरी प्रधान पनि मेयरका दाबेदार थिए ।
अन्तिम घडीमा एमाले नेता जीवनराम श्रेष्ठले केशव स्थापितलाई उठाउनुभन्दा विद्यासुन्दरलाई समर्थन गर्छु भन्दै पछि हटेपछि शाक्यका नाममा सहमति भएको हो । गौरी प्रधानले पनि आफू अमेरिका जान लागेको भन्दै दाबेदारी छाडेका थिए । शाक्य केपी ओली निकटका नेता हुन् ।