बाल्टिन बम सेनाद्वारा निष्क्रिय

Newslaya Home

बाल्टिन बम सेनाद्वारा निष्क्रिय

आइतबार २२, साउन २०७४

कैलाली । कैलालीको घोडाघोडी ११ जवलपुर गाउँमा फेला परेको बाल्टिन बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । खेतको ढिस्कोमा गाडेको अवस्थामा भेटिएको बमलाई निष्क्रिय बनाएको हो ।
स्थानीयले दिएको सूचनाको आधारमा बोराडाँडीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार बाल्टिन बम भेटेको थियो ।