काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच तालमेल

Newslaya Home

काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच तालमेल

आइतबार २२, साउन २०७४

काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । दुबै महानगरपालिकामा एमालेलाई मेयर र राप्रपालाई उपमेयर दिने विषयमा दुबै दल सहमत भएका छन् । तर, उम्मेदवारी दिने समय केही घण्टा मात्र बाँकी रहँदा समेत दुबै दलले उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् । उम्मेदवारको टुंगो लगाउने केही घण्टा लाग्ने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा र दीपक बोहोराले एमालेको संसदीय दलको कार्यालयमा पुगेर केपी ओलीसँग चुनावी तालमेलबारे छलफल गरेका हुन् । दुबै दलले संयुक्त उम्मेद्वारी दिने सहमति भएसँगै आ–आफ्नो दलका तर्फबाट नाम टुंगो लगाउन राप्रपा र एमालेका नेताहरु जुटेका छन् ।