ग्रीनकार्डले गर्दा गुम्यो मेयर टिकट

Newslaya Home

ग्रीनकार्डले गर्दा गुम्यो मेयर टिकट

आइतबार २२, साउन २०७४

रामेछाप । कांग्रेसले मन्थली नगरपालिकाको प्रमुखको लागि नियुक्ति भएका युवराज भट्टराई अमेरिकाको ग्रीनकार्ड होल्डर भएपछि रामेछाप कांग्रेसले उम्मेदवार परिवर्तन गरेको छ । आज बिहान बसेको बैठकमा भट्टराईको ठाउँमा गुञ्जबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि आइतबार नेपाली कांग्रेस रामेछापले जिल्लाका २ वटा नगरपालिका र ६ वटै गाउँपालिकाका सबै पदाधिकारीहरुको नाम सार्वजनिक गरेको थियो । सो कार्यक्रममा युवराज भट्टराईलाई मन्थली नगरपालिकाको प्रमुख र मिना कार्कीलाई कांग्रेसले उपप्रमुख बनाएको घोषणा गरेको थियो ।
कांग्रेस नेता गणेशमान सिंहका अनुयायी मानिने भट्टराई रामेछापका पुराना नेता हुन् । गणेशमान सिंहको नेतृत्वमा २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसमा विद्रोह हुँदा भट्टराई रामेछाप निर्वाचन क्षेत्र नम्बर १ बाट विद्रोही उम्मेदवार बनेका थिए ।