संशोधन प्रस्तावमा ४० बढी सांसदको संशोधन

Newslaya Home

संशोधन प्रस्तावमा ४० बढी सांसदको संशोधन

आइतबार २२, साउन २०७४

काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधानको दोश्रो संसोधन विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउने समय आज शनिबार सकिँदैछ । विधेयकमाथि शनिबार साँझसम्ममा ४० जना भन्दा बढी सांसदहरुले व्यक्तिगत पदमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संशोधन दर्ता गराउनेहरुमा एमालेका सांसद भरतमोहन अधिकारी, डाक्टर राजन भट्टराई, रविन्द्र अधिकारी, कृष्ण भक्त पोखरेल, नेमकिपाका सांसद प्रेम सुवालदेखि नयाँशक्तिकी सांसद गंगा सत्गौवा समेत छन् । अहिलेसम्म संशोधन दर्ता गर्नेहरुमा सबै विपक्षी दल छन् । संशोधन विशेष गरेर, भाषा, नागरिकता, प्रदेश सिमांकन र प्रदेश सभा गठनमा बढी परेको छ ।
संविधानको दोश्रो संशोधन विधेयकको दफा ४, ५, ६, ७ , ८६, २७४, २९६ लगायतमा संशोधन दर्ता परेका छन् । संशोधन प्रस्तावमाथि संशोधन दर्ता गराउनका लागि संसद सचिवालयले शनिबार राती साढे १० बजेसम्मको समय तोकेको छ ।